सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ताप्लेजुङ, काठमाडौँ, १३ माघ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध आन्दोलनरत पहिचान पक्षधर र सुरक्षाकर्मीबीच झडप हुँदा २६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी रहेका छन्।
शनिबार दिउँसो र साँझ दुई चरणमा झडप भएको थियो। दिउँसो अश्रुग्यास प्रहारबाट स्थिति नियन्त्रणमा लिन प्रयास गरिए पनि साँझ अवस्था थप तनावपूर्ण बनेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर आन्दोलनकारीतर्फका ४ जना घाइते भएका छन्, जसमा तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइते मध्ये यामबहादुर लिम्बू, सगुन लावती, मंगल लावती र धर्म पालुङ्वा छन्। तीमध्ये तीन जनालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको छ। सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरीका ९ जना घाइते भएका छन्।
पाथीभरा क्षेत्रमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकारको विरोध गर्दै पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन्। पाथीभरा मन्दिरसम्म पुग्ने उक्त केबलकार परियोजनाको लागत करिब ३ अर्ब रूपैयाँ रहेको छ।
पहिचान पक्षधरले “नो केबलकार” अभियान चलाउँदै विभिन्न समितिहरू गठन गरेका छन्। आन्दोलनकारीले शान्तिपूर्ण विरोध गरिरहेको दाबी गरे पनि सुरक्षाकर्मीले दमन गरेको उनीहरूको आरोप छ।
प्रहरीले आन्दोलनकारीले गुलेली, ढुंगा, र खुकुरीजस्ता हतियार प्रयोग गरेको र सुरक्षा टोलीमाथि आक्रमण गरेको आरोप लगाएको छ। डीआईजी राजन अधिकारीका अनुसार, स्थिति नियन्त्रण बाहिर जाने अवस्थामा पुगेपछि प्रहरीले गोली चलाउनु परेको हो।
हाल पाथीभरा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। डीआईजी अधिकारी घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन्। आन्दोलन र सुरक्षा पक्षको भिडन्तले निर्माण कार्य थप जटिल बन्ने देखिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा