सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० माघ । महालक्ष्मी विकास बैंकले आयोजना गरेको “फोटोग्राफी प्रतियोगिता-संस्करण २” मा सुवास श्रेष्ठ पहिलो भएका छन्। दोस्रो स्थानमा सौरभ बज्राचार्य र तेस्रो स्थानमा पारस राजबर्जाचार्य रहे।
बैंकले हालै विजेताहरूलाई पुरस्कार रकम दिएको थियो। पहिलो स्थान पाउनले २० हजार, दोस्रोले १५ हजार र तेस्रो स्थानमा हुनेले १० हजार रुपैयाँ पाएका छन्।
पब्लिक च्वाइस अवार्ड घनश्याम श्रेष्ठले पाए। उनले ५ हजार रुपैयाँ पाएका छन्। बैंकले १५ उत्कृष्ट फोटोग्राफरलाई प्रमाणपत्र प्रदान गर्यो। प्रतियोगिताले स्थानीय व्यवसाय र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा