सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० माघ । साता लागेदेखी ४ दिन बढेको शेयर बजार आज अन्तिम दिन भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव १० अंकले घटेर २ हजार ६५४ दशमलव ३५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३१८ वटा कम्पनीका १ करोड ५१ लाख कित्ता शेयर ७ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढि सप्तकोशि डेभलपमेन्ट बैंकले ३० करोड ८९ लाखको शेयर किनबेच भयो ।
आज विकास बैंक र उत्पादन बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर सबैभन्दा धेरै झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ ।
यसदिन सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सामुदायिक लघुवित्त, कर्पोरेट विकास बैंक र सिकलेस हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा