सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर । बागमती गाउँपालिकामा आयोजना हुने सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको मिति सरेको छ । बुधबार एक सूचना जारी गर्दै गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक रहर सिंह थिङ्ले तयारीका लागि समयको अभाव परेको कारणले प्रतियोगिताको मिति २ दिन सारिएको जानकारी गराएका हुन् ।
यस अघि पत्रकार सम्मेलनमा नियमित क्यालेन्डर अनुसार फागुन १ गतेदेखि सुरु गर्ने भनिए पनि समय अभाव भएको भन्दै २ दिन पछि सारेर ३ गतेदेखि सुरु गर्ने भएको जनाएको छ । प्रतियोगिता बागमती –४ झुरझुरेस्थित पालिकाको लगानीमा निर्मित सहिद स्मृति रङशालामा हुनेछ ।
प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने छन् । प्रतियोगितामा प्रथम टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा