सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेने छ भने तराइका धेरै भू–भागहरूमा हुस्सु ÷ कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहिबार दिउँसो सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेका विभागले जनाएको छ ।
यस्तै, राति कोशी, गण्डकी र लुम्बिनीका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा