सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा ‘सभापति कप फुटबल प्रतियोगिता २०८१’ बिहीबार माघ १० गतेदेखि सुरु हुँदैछ ।
बिहीबारदेखि दशरथ रङ्गशालामा सुरु हुने प्रतियोगितामा आयोजक बागमतीसहित कुल ८ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेल माघ ११ गते मच्छिन्द्र क्लब र एपीएफ क्लबबीच,१२ गते तेस्रो खेल नेपाल पुलिस क्लब र आयोजक बागमती क्लबबीच र चौथो खेल माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
चर्च बोइज र सङ्कटाबीचको विजेता तथा मछिन्द्र र एपीएफबीचको विजेताले माघ १४ गते हुने पहिलो सेमिफाइनल खेल्नेछन् ।
यसैगरी माघ १५ गते हुने सेमिफाइनलमा नेपाल पुलिस र आयोजक बागमती बीचको विजेता र एनआरटी र फ्रेन्डक्लब बीचको विजेताले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल माघ १७ गते हुनेछ, भने उपाधि जित्ने टोलीलाई २६ लाख रुपैयाँ र उपविजेतालाई १३ लाख रुपैयाँ प्रदान गरिनेछ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा