सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ माघ । साताको तेस्रो दिन पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०८ अङ्कले बढेर २ हजार ६१३ दशमलव ०८ विन्दुमा पुगेको छ ।
यसदिन ३११ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ६ अर्ब १९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरे सिईडिबि होल्डिङ लिमिटेडको २३ करोड ७६ लाखको शेयर किनबेच भयो ।
आज बैंक, फाइनान्स, जलविद्युत्, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज अन्य समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
यसदिन मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रिभर फन्ड पावर कम्पनीको शेयर भने झन्डै ९ प्रतिशतले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा