सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय प्रगति गर्दै ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.५५ प्रतिशतले वृद्धि भएको हो।
बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, वितरणयोग्य नाफामा झनै उच्च वृद्धि भएको छ। गत वर्ष १७ करोड ४५ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको बैंकले यस वर्ष ३७ करोड ५५ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गर्न सफल भएको छ। यस आधारमा, बैंकले २१.४० प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्था बनाएको छ।
बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३७ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५७ रुपैयाँ ४६ पैसा, र तरलता अनुपात २२.९३ प्रतिशत रहेको छ।
२०८० बैशाखमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश थकालीले बैंकको व्यवस्थापन सम्हालेपछि बैंकले उल्लेखनीय प्रगति गरेको छ। वित्तीय सूचकांकहरूमा सुधार हुँदै गएको बैंकले सेयरधनीहरूका लागि लाभदायक अवस्थामा पुगेको छ।
बैंकको सकारात्मक प्रगति र सुदृढ वित्तीय प्रदर्शनले आगामी त्रैमासहरूमा अझ राम्रो नतिजा आउने विश्वास गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा