सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ४९.५१ प्रतिशतले खुद नाफा वृद्धि गर्दै ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी भने ४.४१ प्रतिशतले घटेर १० अर्ब ३८ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ। तर, इम्पेयरमेन्ट चार्जमा उल्लेखनीय गिरावट आउँदा नाफा बढ्न मद्दत पुगेको छ। अघिल्लो वर्ष ४ अर्ब १३ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष २ अर्ब २० करोड रुपैयाँमा झरेको छ।
महत्वपूर्ण वित्तीय सूचकांकहरू:
बैंकले इम्पेयरमेन्ट चार्जलाई व्यवस्थापन गर्दै मुनाफा वृद्धि गर्न सफल भएको छ। यसले बैंकको वित्तीय प्रदर्शन सुदृढ गर्दै थप स्थिरता र लगानीकर्तामा विश्वासको संकेत गरेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा