सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । यही माघ १२ गते सातै प्रदेश र क्याम्पसहरुबाट एकसाथ मतदानमार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको छ ।
केन्द्रीय कमिटी अध्यक्षको तयारीमा रहेका संजय कुमार महतोले युग सुहाउँदो शैक्षिक प्रणालीको विकासका लागि उम्मेदवारीको तयारी गरिरहेको जानकारी दिए । ‘म संगठनको तल्लो इकाइ हुँदै केन्द्रिय सचिव भइसकेको छु । अब अध्यक्षको तयारीमा छु । मेरो सक्रियता, निरन्तरता र जिल्ला एवम क्याम्पस इकाइका साथीहरुको माया पाइरहेकाले चुनाव जित्छु भन्नेमा विश्वस्त छु,उनले अगाडि भने,‘हामी विद्यार्थी आन्दोलनको तौर तरिका नै बदल्नुपर्छ भन्नेमा छौं । युग सुहाउँदो, रोजगारमूलक, प्रयोगात्मक शिक्षालाई अबको विद्यार्थी आन्दोलनको मुल एजेन्डा बनाउनुपर्छ भन्नेमा छौं ।’
नेता महतोले विद्यार्थी आन्दोलनको मोडालिटी नै परिवर्तन गर्नुपर्ने औंल्याउँदै नेपालका सबै विश्वविद्यालयहरुको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताए । उनले आफू अध्यक्षका लागि तयारी गरिरहेपनि शिर्ष नेताहरु र साथीहरुको सल्लाह अनुसार अध्यक्षमा तयारी गरेको जानकारी दिए । असोज १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशन उद्घाटन गरेकाको महाधिवेशनमा उमेरहदका कारण निर्वाचन प्रक्रिया भाँडिएको थियो ।
अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा ९०० र खुला राख्ने पक्षमा ८७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लाग्ने भएको हो ।
प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । क्रान्तिकारीको अध्यक्ष बन्न एक दर्जनभन्दा बढी आंकाक्षी देखिएका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा