सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्सा । नेपाल परिवारदलका पर्सा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पल्टन प्रसाद कुर्मीसहित एकसय जना जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई जसपाका उप–महासचिव समेत रहेका संघीय खानेपानीमन्त्री प्रदीप यादवले पर्सामा आयोजित एक कार्यक्रममा भव्य स्वागत गरेकोे मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिए ।
नेपाल परिवार दलबाट जसपा प्रवेश गर्ने अन्य नेताहरुमा जिल्ला सचिव सन्तोष पटेल, जिल्ला सहसचिव अमरेश्वर पटेल, वरिष्ठ सल्लाहकार सत्रुधन दुबे तथा राष्ट्रिय सल्लाहकार शिवनाथ राउत रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले आफु नागरिकको सेवाका लागि सधै तम्तयार रहेको र आफ्नो उदेश्य देश विकास तथा नागरिकको हित हुने काममा खटिने बताए । उनले भने,‘म नागरिकको सेवामा खटिएको सेवक हुँ, देशको विकास र नागरिकको सेवा गर्नु मेरो पहिलो लक्ष्य हो ।’
जनता समाजवादी पार्टी मधेसका नागरिकको हकहितमा समर्पित रहेकाले आफुहरुले पुरानो पाटी नेपाल परिवारदल छोडेर जसपा प्रवेश गरेको बताएका थिए । पछिल्लो समय उप–महासचिव एवम् मन्त्री यादवको सक्रियतामा मधेसमा जसपा प्रवेश गर्नेको संख्या बढ्दै गइरहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा