सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मधेशी सहिदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाहरुले शुद्धिकरण गरेका छन् ।
माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश आन्दोलनका सहिदहरुको शालिकलाई युवा तथा नागरिक समाजका अगुवाहरुले गंगाजल छर्केर शुद्धिकरण गरेका छन् ।
मधेश जनजागरण अभियानका (त्रिनेत्र)का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरुले मधेशी सहिदको अपमान गर्दैै आएको गम्भीर आरोप लगाएका छन् ।
उनले मधेशी युवाहरुलाई हत्या गर्ने ठूला दलका नेताहरुको पाउँपुजा गर्नेहरुले सहिदको शालिक छोएकोले अछुत भइसकेको भन्दै गंगाजल छर्केर शुद्धिकरण गरिएको दाबी गरे ।
नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतहरुले मधेश आन्दोलनका एजेण्डालाई छोडिसकेको उनीहरु सत्ता र भत्तामा मात्र समाइरहेको आरोप नागरिक समाजका अगुवाहरुले लगाए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा