सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरुमा कार्यक्रमको उद्घाटन र सम्बोधनमै व्यस्त भइरहेका छन् । ओली भरसक कार्यक्रम छुटाउँदैनन् ।
पछिल्लो हप्ता ओलीले एकैदिन चारवटासम्म कार्यक्रममा सम्बोधन गर्न भ्याए । भेटघाट, सार्वजनिक मन्चमा भाषण र आफ्नो दल एमालेका बैठकहरुमा उनको समय व्यथित भइरहेको छ ।
कहिले पूर्व त कहिले पश्चिमका जिल्लामा पुगेर सम्बोधन, उद्घाटन, शिलन्यासमा समय कटाइरहेका उनको पछिल्लो उद्घाटन, भाषण र एक अर्कालाई घोचपेच गर्नमै व्यस्त भएको तालिकाले स्पष्ट पार्छ ।
हप्ताको पहिलो दिन आइतबार पुस २८ गते ओली विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकमा सहभागि भए ।
जहाँ उनले पुनः निर्माण र पुनःस्थापनाको प्राथमिकता र स्रोतको उपलब्धताका आधारमा बिलम्ब नगरी क्षतिको विस्तृत यथार्थ मूल्याङ्कन गरेर दोहोरपन नहुने गरी पुनःनिर्माण कार्यारम्भ गर्न निर्देशन दिए ।
ओलीले पुस २९ गते नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री निवासमै बोलाएर बधाई तथा शुभकामना दिए । जहाँ उनले कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ भन्दै भाषण गर्न पछि हटेनन् ।
यसैगरी माघ १ गते ओली सार्वजनिक कार्यक्रममा देखिएनन् । उनले सामाजिक सञ्जालबाटै माघे संक्रान्तिको शुभकामना प्रदान गरे । यसैगरी सोही दिन उनले दशौँ राष्ट्रिय योग दिवसका अवसरमा पनि शुुभकामना सन्देश व्यक्त गरे ।
यसैगरी माघ २ गते उनी अत्यन्तै व्यस्त रहे । सो दिन ओलीले नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको धन्यवाद कार्यक्रममा सहभागी भए । जहाँ उनले गर्नुपर्ने आयात भन्दा पनि नगर्नुपर्ने आयात बढि गरिरेहेको बताए । उनले देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्ने समेत बताए ।
यसैगरी सोही दिन नै प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय ब्राण्डको मक्र्योर होटल उद्घाटन गरे । काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको उक्त होटलको उनले उदघाटन गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन होटलले योगदान दिने विश्वास व्यक्त गरे ।
उनले होटल व्यवसायमा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण हामी गर्नेछौं भन्दै आश्वासन दिएर अर्को कार्यक्रमका लागि दौडिए ।
माघ २ गते नै ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सहभागी भए । उक्त पत्रकार सम्मेलनमा अध्यादेश सम्बन्धी छलफल भएको थियो ।
जहाँ उनले सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो भन्दै प्रश्नको उत्तर दिन कुनै संकोच मानेन् । साथै उनले सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफैं टिकिहाल्छ भन्दै घुमाउरो शैलिमा जवाफ दिन उत्तीकै हतार गरे ।
उनले भने,‘हामी सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफै टिकिहाल्छ । यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो । यी अध्यादेश यसरुपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्तरुपमा प्रकट भएको छ । यो पूर्ण सहमतिमा अध्यादेश आएको छ । अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला चलाइयो । भूमीसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन । अध्यादेशको विरोध भयो भनेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति आयो । यी सबै भ्रमहरु चिरिएका छन् । सरकार ढल्यो भन्नेहरुका प्रयास विशाल नदीमा बसेर छेउबाट ढुङ्गा हानेर नदी छेक्ने प्रयास मात्रै हुन् ।’
यसैगरी २ गते नै उनी फेरी अर्को कार्यक्रममा हतार हतार गर्दै सहभागी भए । जुन कार्यक्रम थियो २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०८१ ।
जहाँ उनले पूर्व तयारीका कामलाई प्रभावकारी बनाउन सरकारले काम गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्व तयारी गरिनुपर्नेमा जोड दिए ।
यसैगरी माघ ३ गते प्रधानमन्त्री ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्न कास्की पुगे । कास्की पुगेका उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत भएको बताए ।
यसैगरी माघ ४ गते प्रधानमन्त्री ओली स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीमा सहभागी भए । जहाँ उनले उत्पादित ऊर्जा खपतको चिन्ता गर्न नहुने बताए ।
सोही दिन नै प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेटवार्ता भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा