सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा सुशासन क्रान्ति आवश्यक रहेको बताएका छन् । मुलुकमा राजनीतिक परिवर्तनका लागि पटकपटक संघर्ष, आन्दोलन र ठूलो बलिदानी भएको भन्दै बस्नेतले मुलुकलाई समृृद्धिको बाटोमा डोर्याउन अबको क्रान्ति सुशासनका लागि हुनुपर्ने बताएका हुन् ।
बस्नेतले भने, ‘मुलुकमा राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरु सरल, सहज र न्यायिक रुपमा उपलब्ध गराई नागरिकलाई सुखद् अनुभूति दिनु सुशासन हो भन्ने मान्यता स्थापित हुुनै सकेन । नागरिकका नीजि दुख र मुलुकमा कुशासन बढेको बढ्यैछ ।’
शिक्षा, स्वास्थ्य जस्तो आधारभूत सेवा र वस्तुहरुमा नागरिकहरुको पहुँचलाई सरल र सहज बनाउनुपर्ने उनको भनाइ छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा