सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइ कबड्डी नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि सुरु भएको छ।
शुक्रबार दशरथ रङ्गशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलको उद्घाटन गरिएको हो ।
नेपाली राष्ट्रिय टोलीका कप्तान तथा भारतको प्रो कबड्डी लिग खेलिसकेका घनश्याम रोकामगर काठमाडौँका मार्की खेलाडी हुन् । काठमाडौंले नेपालका पूर्व कप्तान सरोज सिंहको प्रशिक्षणमा तयारी गरेको छ ।
प्रतियोगितामा काठमाडौं र पोखरासहित विराटनगर ब्यान्डिट, जनकपुर नाइट्स, धनगढी वाइल्डक्याट र हिमालयन रेइडर्स गरी ६ वटा टोली सहभागी हुनेछन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा