सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यकर्ताबाट भएको आक्रमण राजनीतिक अनुशासन विपरित भएको सरोकारवालाहरुले बताएका छन् ।
वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले रास्वपाका समर्थकबाट भएको काम निन्दनीय र गर्न नहुने भएको बताए । शुक्रबार नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अराजकशैली भएको बताए ।
उनले जनताहरु माथि यातना दिने काम गर्ने सरकारको विरुद्धमा लडिरहने कानून व्यवसायीहरुमाथि यस्ता आक्रमण हुनु निन्दनीय भएको बताए । उनले राष्ट्रिय परिचयपत्र ठेक्का अनुमोदन गर्ने प्रसंग पनि उठाए ।
‘अराजकशैलीले जनताहरुमाथि यातना दिने काम गर्ने सरकारका विरुद्धमा लडिरहने कानून व्यवसायीहरुलाई आक्रमण कस्तो तत्वले गर्छ भन्ने स्पष्ट छ । यदी जानेर नजानेर रास्वपाका समर्थकले यस्तो काम गर्नुभएको हो भने निन्दनीय छ,’ उनले भने ।
यस्तै, उनले रास्वपा राजनीतिक अनुशासनमा छैन् भनिरहँदा गठबन्धन दलका समर्थकहरुबाट जुन गाली गर्ने काम भयो त्यो अमान्य भएको बताए ।
बुधवार रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणका सम्बन्धमा थुनछेक बहस गरेर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरूले आक्रमण गरेका थिए ।
बार एसोसिएसनले उक्त हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाप्रति घोर भत्र्सना गरेका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा