सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । पर्यटक आकर्षित गर्ने अनेक माध्यमहरु छन् । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको वेइझाउ टापुमा ह्वेलहरूले पर्यटक आकर्षित गरिरहेको छ ।
वेइझाउ टापुको पानीमा रहेका ब्राइडका ह्वेलहरूले वैज्ञानिक र पर्यटकहरूलाई आकर्षित गरिरहेका छन् । हिउँदको आहारका लागि देखिएका संरक्षित ह्वेल हेर्न मानिसहरु झुम्मिने गरेका छन् ।
शिकारका लागि बाहिर उत्रिने क्रममा देखिने गरेका ह्वेलहरु हेर्न धेरै मानिसहरु उक्त टापुमा पुग्ने गरेका छन् ।
ब्राइडका ह्वेलहरू शिकार गर्दा पानीबाट ठाडो रूपमा बाहिर निस्कने गरेका छन् । यिनीहरुको यस्तो सक्रिय अवधि सामान्यतया डिसेम्बरदेखि अप्रिलसम्म रहने गर्छ ।
गुआङ्सी एकेडेमी अफ साइन्सेजको तथ्याङ्कअनुसार यस क्षेत्रमा पहिचान गर्न सकिने ब्रायड ह्वेलको सङ्ख्या सन् २०१८ मा ६ वटा मात्र थियो । त्यसको संख्या बढेर २०२४ मा ६० पुगेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा