सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुगु । बिहीबार विहानदेखि कर्णालीका जिल्लाहरुमा हिमपात भएको छ । मुगु, हुम्ला ,डोल्पा, जुम्ला, कालिकोटलगायतका जिल्लामा हिमपात भएपछि अधिक चिसो बढेको छ ।
हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हिउँदे अन्नवाली जौं ,गहुँ ,उवा प्रभावित भएको छ । माघको पहिलो साता भए पनि हिउँ पर्दा कृषक खुशी भएको कृषक कुम्बरसिह खड्काले बताए ।
विहीबार दिउँसो मुगुको सदरमुकाममा बर्षा समेत भएको छ भने माथिल्लो उच्च भेगमा दुई फुटसम्म हिमपात भइरहेको छ । जसका कारण गाईबस्तु चरनका लागि समस्या भएको छ । हिमपातका कारण ताल्चा विमानस्थलमा नियमित उडान प्रभावित भएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा