सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २ – नेपाल पूर्व सशस्त्र प्रहरी संघको १७औं साधारण सभा र छैठौँ केन्द्रिय अधिवेशन सम्पन्न भएको छ। यस अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापालाई सर्वसम्मत रूपमा संघको कार्यसमितिको अध्यक्ष चयन गरिएको छ।
साधारण सभा र अधिवेशनमा ३९ सदस्यीय कार्यसमिति चयन गरिएको छ, जसमा नारायणबाबु थापाको नेतृत्वमा नयाँ कार्यसमितिका सदस्यहरूलाई जिम्मेवारी दिइएको हो।
प्रधान कार्यालयमा माघ २ गते भएको समारोहमा नवनिर्वाचित कार्यसमितिका सदस्यलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण गराइएको छ। साथै, कार्यसमिति सदस्यहरूलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ।
यस अवसरमा संघका पदाधिकारीहरू, अवकाश प्राप्त सशस्त्र प्रहरी अधिकारीहरू र संघका अन्य सदस्यहरूको उपस्थितिमा संघको भविष्यका योजनाबारे छलफल गरिएको थियो।
नारायणबाबु थापाको नेतृत्वमा संघले अवकाश प्राप्त सशस्त्र प्रहरीहरूको हितमा थप पहल गर्ने र संघको प्रगति गर्ने लक्ष्य राखेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा