सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ माघ । साताको अन्तिम कारोबारको दिन आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ३३ अंकले घटेर २ हजार ५८८ दशमलव ६२ विन्दुमा झरेको छ ।
यसदिन २९६ वटा कम्पनीका १ करोड १७ लाख कित्ता शेयर ५ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सिन्धु विकास बैंकको २८ करोड ५७ लाखको शेयर किनबेच भयो ।
आज जलविद्युत्, उत्पादन, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूह ५ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
यसदिन पोखरा फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल, विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा