सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास बैँक लिमिटेड गौर शाखाले एक विद्यालयलाई सेनिटरी प्याड भेन्मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग गरेको छ ।
राजपुर नगरपालिकाको बैरियामा रहेको जामिया जुबैरिया गल्र्स स्कुललाई उक्त मेसिन सहयोग गरेको हो । बैंकको तर्फबाट शाखा प्रवन्धक सुबोध कोइरालाले विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रियाजुल हकलाई सो मेसिन हस्तान्तरण गरेका हुन् ।
बैं
कले विद्यालयको वार्षिकोत्सब कार्यक्रमको अवसर पारेर गरिएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितीका पदाधिकारी, विद्यालयका शिक्षक, अभिभावक तथा बैंकका कर्मचारीको उपस्थिती रहेको थियो ।सो बिद्यालयमा करिव ६०० छात्राहरुको अध्ययनरत रहेको जनाइएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा