सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महालक्ष्मी विकास बैंक लिमिटेडकोे तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा आज पौष २९ गते सोमबार एलिस रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौमा सम्पन्न भएको हो ।
सभाले आ.व.२०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुंजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा आषाढ मसान्तको वासलात तथा आ.ब. २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् । यसै गरी वार्षिक साधारण सभा मार्फत संचालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसुचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा रु. ३७.७५ करोड खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति सेयर आम्दानी रु. १२, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा