सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मदन घिमिरे निर्देशित फिल्म ‘एक्टर’ आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले आइतबार पत्रकार सम्मेलन गर्दै माघ ४ गतेबाट प्रदर्शनमा आउने जनाएको हो ।
पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक मनोहरि थापाले यो फिल्म पूर्णतया मुलुकको आवश्यक्ता, मुलुकको चुनौतिलाई सामना गर्ने र युवा जगतलाई राम्रो सन्देश दिने उदेश्यले निर्माण गरिएको बताए । उनले एउटा युवाले देखेको सपना पुरा गर्नका लागि कति हण्डर खानुपर्छ त्यो सबै चलचित्रमा देखाइएको बताए ।
उनले भने, ‘हाम्रो यो फिल्म पूर्णतया अहिलेको मुलुकको आवश्यक्ता, मुलुकको चुनौतिलाई सामना गर्न एउटा युवा जगतलाई राम्रो सन्देश दिने चलचित्रको रुपमा अगाडि आएको छ । अहिले हाम्रो मुलुकमा युवा, फिल्म र रोजगारीलगायत अन्य थुप्रै क्षेत्रमा समस्या छन् । तर यो चलचित्र यस्तो बनेको छ एउटा युवाले बोकेको सपना एउटा सफल कलाकार बन्छु भन्ने सपना पूरा गर्नका लागि उसले कति हण्डर, कति समस्या, अफ्ठ्याराहरु र कति ओकाली ओरालीहरु सामना गर्नुपर्यो र अन्तत एउटा सफल कलाकार बन्न सक्छ र सफल हुन सक्छ भन्ने सन्देश यो चलचित्रमा देखाइएको छ ।’
उनले दर्शकको माया र समाचार माध्यममा सत्य तथ्य फिल्म सम्बन्धी सम्प्रेषण भए एक्टर फिल्म सफल हुने बताए । उनले यो एक्टर चलचित्र करिब २ घण्टा १५ मिनेटको रहेको समेत बताए ।
आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स विषयमा निर्माण भएको फिल्ममा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ ।
सम्राट थापाको कथा तथा संगीत रहेको फिल्म टिभी पत्रकार मनोहरि थापाले निर्माण गरेका हुन् । सम्राट बस्नेतको द्वन्द्व, युवराज राई र डम्बर राईको छायाङ्कन रहेको फिल्म नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको हो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा