सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ पौष । साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतबार २५ दशमलव ४१ अङ्कले घटेर २ हजार ६०९।६७ विन्दुमा झरेको छ ।
यसदिन ३०१ वटा कम्पनीका ८० करोड २१ लाख कित्ता शेयर ३ अर्ब ९९ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रकचर डेभपलमेन्ट लि.को शेयर २० करोड ४१ लाखमा किनबेच भयो ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । नेप्से दोहोरो अङ्कले घटेको दिन विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा