सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योगहरु सञ्चालन गर्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य संघको चौंथो वार्षिक साधारणसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालका उद्योगहरु जसरी सञ्चालन हुनुपर्ने हो हुन नसकेको पनि उपप्रधानमन्त्री सिंहले बताए ।
‘नेपालको उद्योग क्षेत्र जुन रुपमा सञ्चालन हुनुपर्ने हो भइरहेको छैन भन्ने तथ्यांकले पनि देखाइरहेको छ । अब स्थापना भइसकेका उद्योगलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने । व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योगहरुलाई अगाडी बढाउनुपर्छ,’ उनले भने ।
त्यस्तै उनले शिक्षा नीतिमा पनि मन्थन गरेर समयको माग बमोजिम संशोधन गर्नुपर्ने धारणा राखे । शैक्षिक बेरोजगारको साख्या बढिरहेकोमा अहिले चिन्ता व्यक्त भइरहेको भन्दै उपप्रधानमन्त्री सिंहले अब शैक्षिक प्रमाणपत्रसँगै सिपको सर्टिफिकेट दिने काममा लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै, उनले अहिले देशमा युवाहरु बस्न चाहँदैनन् भनेर गलत भाष्य स्थापीत गर्ने काम भइरहेको बताए ।
‘अहिले देशमा कोही युवाहरु बस्नै चाहँदैनन् भनेर एउटा भाष्य बनाइएको छ । बस्नै नचाहने भनेर भाष्य मात्र विकसित गर्नेहरुको काम त सकियो,’ उपप्रधानमन्त्री सिंहले भने,‘तर, समस्या समाधानका लागि सबैले जिम्मेवार भएर काम गर्नसक्नुपर्छ । यहाँ कस्तो छ भन्दा अधिकारको कुरा ठुलठुलो स्वरमा उठाउने अनि जिम्मेवारीको कुरा आउँदा सबै पछि पछि हट्ने । अनि कहाँ बाट समाज अगाडी बढ्छ ?’ उनले अधिकारसँगै सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा