सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २४ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सिध्याउने अन्तिम हतियार शान्ति प्रक्रियालाई बनाईएको आरोप लगाएका छन् ।
‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुंग्याउन कठिन भएको बताए । बुधबार आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा उनले शान्ति प्रक्रिया र १२ बुँदे सहमतिका आधारमा समझदारीबाट टुंग्याउनुपर्ने पक्षमा आफू दृढ रहेको बताए।
“टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो। यहाँ कुनै कन्फ्युजन हुनु पर्ने छैन,” प्रचण्डले भने।
उनले नेकपा (एमाले)लाई इंगित गर्दै, शान्ति प्रक्रियालाई माओवादीलाई कमजोर बनाएरमात्रै टुंग्याउन खोज्ने प्रवृत्ति रहेको आरोप लगाए। उनले भने, “माओवादी सिध्याएर मात्रै के गर्नुपर्छ गरौँला भन्ने सोच राख्ने प्रवृत्ति राजनीतिक नेतृत्वमा अझै छ। टुंगिन लागेका बेला गएर रोक्छ।”
बेपत्ता पारिएका व्यक्तिको छानबिन र मेलमिलाप आयोगसम्बन्धी तेस्रो संशोधन विधेयक २०८१ संसद्बाट पारित भए पनि कार्यान्वयनमा अवरोध भएको उनले बताए। प्रचण्डले यो विषय माओवादी नेतृत्वलाई कमजोर बनाउन प्रयोग गरिने अन्तिम हतियारका रूपमा प्रयोग भइरहेको आरोप लगाए।
“माओवादीलाई तह लगाउने अन्तिम हतियार यही हो भन्ने प्रवृत्ति छ। यो टुंग्याउनु हुन्न भन्ने सोच छ,” उनले भने।
प्रचण्डले पीडितले सडकबाट दबाब नदिए, शान्ति प्रक्रिया अझै लामो समयसम्म अलमलमा पर्ने चेतावनी दिए। तर, शान्तिपूर्ण दबाब दिए प्रक्रिया छिट्टै टुंग्याउन सकिने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेर शान्ति प्रक्रियालाई छिटो टुंग्याउन आग्रह गर्ने योजना उनले सुनाए। “अब रोक्न भएन, छिट्टै गर्नुपर्छ भनेर जाँदै छु,” प्रचण्डले भने।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा