सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रबाट खेल भएको स्मरण गरेका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले मलाई पार्टीबाट कारबाही गरेर सभापतिमाथि नै प्रहार गरेको बताएका हुन् ।
उनले लेखेका छन् , ‘सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले । मैले बुझाउने प्रयास गरे , म असफल रहेँ । मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे । पार्टी बाहिरबाट खेले । पार्टी भित्रैबाट पनि खेले । मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने , तर त्यतिबेलासम्म उहाँ उहाँलाई पुर्न
बनाइएको खाल्डोमा परिसक्नु भएको थियो । मैले बार बार सम्झाए, बुझाए, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन ।
उल्टै मलाई कारबाही गर्नु भयो । अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिक रूपमा हत्या गर्ने प्रयास गर्नु भयो र म पनि त्यसै अनुसार प्रतिक्रियात्मक हुन पुगे । ’
यसैगरी उनले पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पु¥याउने उनीहरूको योजना सफल हुँदै गएको बताएका छन् ।
उनले थप भनेका छन्, ‘पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पु¥याउने उनीहरूको योजना सफल हुँदै गएको छ । मिति नै तोकेर भन्दा पनि मलाई पत्याएनन् , अब जब कुराहरू पूरा हुँदै छ, अलि अलि पत्याउनेको सङ्ख्या बढ्न थालेको छ तर म कामना गर्छु कि यो नहोस्, त्यो सङ्ख्या चाहिने जतिमा पुगुन्जेल धेरै ढिलो भइसकेको नहोस् ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा