सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्थानीयको विरोधपछि आंशिक रूपमा सञ्चालनमा ल्याउने निर्णय भएको छ ।
यसअघि सडक स्तरोन्नतिको कारण काठमाडौँको सडक डिभिजन कार्यालयले पुस ७ गतेदेखि माघ ६ गतेसम्म २४ सै घण्टा बन्द गर्ने निर्णय गरेको थियो। तर स्थानीयवासीको विरोधपछि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सडक बन्द गरिने र त्यस बाहेकका समय बिहान र बेलुका सञ्चालन गरिने सहमति भएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार पानी घाटदेखि चन्द्रागिरि भञ्ज्याङसम्मको खण्डमा स्तरोन्नतिको काम भइरहेकाले दिनको समयमा सवारी आवागमनमा रोक लगाइएको हो। वैकल्पिक मार्गको प्रयोग गर्न भनेको भए पनि यात्रु र चित्लाङ क्षेत्रमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा समस्या भएपछि स्थानीयले विरोध गरेका थिए ।
थाहा नगरपालिका वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष रामकृष्ण कपालीले स्थानीयको गुनासो समाधान गर्न सडक डिभिजन कार्यालयसँग सहकार्य गरी बिहान र बेलुका सडक सञ्चालन गराउने सहमति जुटाएको जानकारी दिए ।
उनका अनुसार अब बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द हुने र त्यसबाहेक अन्य समयमा सवारीसाधन सञ्चालनमा कुनै अवरोध नहुनेछ। उक्त निर्णयले यात्रु र स्थानीय कृषकलाई राहत मिलेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा