सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक गरिएको छ ।
मंगलबार केडिया ग्रुपले काठमाडौंमा आयाजना गरेको एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलेफ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा खेलकुदमन्त्री चौधरीले सरकारको निर्देशन र कानून नमान्ने खेलकुद संघहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए ।
उनले भने,‘खेलकुदको माहोल हुँदा हुँदै पनि सरकार,मन्त्रालय,परिषद् छ । प्रत्येकको कानुन ऐन नियमावली छ । तर कानून नमान्ने धेरै सृजना भएको छ । म आग्रह गर्छु संघका साथिहरु निर्णय विरुद्ध काम गर्नु भयो भने त्यो संघहरुलाई कडा कारबाही हुन्छ ।’
‘उचाइको नयाँ उडान’ स्लोगन रहेको नेपाल भलिबल लिगको पहिलो सिजन आगामी २०२५ मा हुने छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने छ । ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा