सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ पौष । साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतबार १३ दशलमव ५३ अङ्कले घटेर २ हजार ५८३ दशमलव २९ विन्दुमा झरेको छ ।
यसअघिको बिहीवार ४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ३१९ वटा कम्पनीका ९१ लाख ८० हजार कित्ता शेयर ४ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै रिभर फल्स पावरको २२ करोड भन्दा बढिको शेयर किनबेच भयो ।
आज जलविद्युत् र उत्पादनबाहेक सबै उपसमूहको शेयर घटेकोमा विकास बैंक उपसमूह दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै फाइनान्स, बीमा, व्यापार उपसमूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज सप्तकोशी विकास बैंक र मायाखोला जलविद्युत् आयोजनाको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सपोर्ट लघुवित्त, बाराही जलविद्युत्, न्यादी जलविद्युत्, सुपरमादी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा