सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखराको चर्चित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा अभियोग पत्र दायर भएको छ। कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र जिल्ला सरकारी वकिल कार्यालयले दर्ता गरेको हो।
सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ।
निकितासहित ५ जनालाई प्रतिवादी बनाएर सम्पत्ति जफत गर्ने प्रयोजनको लागि आज कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
सरकारी वकिल कार्यालयका अनुसार, रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबी गरिएको छ। यो मुद्दामा १९ जनाविरुद्ध गत शुक्रबार ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भइसकेको थियो।
तीनवटा मुख्य कसुरमा अभियोग दर्ता गरिएका प्रतिवादीहरूमध्ये लिला पछाई र विश्वविक्रम राईमाथि क्रिप्टो कारोबार गरेको आरोपमा राष्ट्र बैंक ऐनअन्तर्गत पनि मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि ९० दिनको समय पाएको प्रहरीले अनुसन्धान सम्पन्न गरेपछि रविसहितका प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराएको हो। यसअघि, छविलाल बन्जाडे जोशी असोज ६ गते पक्राउ परेका थिए।
यो प्रकरणमा हालसम्म १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ। कास्की जिल्ला अदालतले आगामी सुनुवाइका लागि प्रक्रिया अगाडि बढाएको छ।
यो प्रकरणले सहकारी क्षेत्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ भने संगठित अपराध र ठगीविरुद्ध कडा कारबाहीको आवश्यकता औंल्याएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा