सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आउँदो चैत मसान्तभित्र २४ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
अनेरास्ववियुले बिहीबार त्रिभुवन विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले १२ औँ सचिवालय बैठकले केन्द्रीय कमिटीको चौथो बैठक माघ ६, ७ र ८ गते काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले २३ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर आएदेखि नै कुनै पनि शिक्षालयमा तालाबन्दी नगर्ने प्रतिबद्धता अनुरुप हरेक विषय शालीनतापूर्वक प्रस्तुत गरिँदै आएको बताए ।
साथै देशभरका अनेरास्ववियुका जिल्ला अध्यक्षको उपस्थितिमा पुस २५ र २६ गते स्ववियु निर्वाचनका लागि काठमाडौँमा कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको जानकारी उनले दिए ।
उनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिविका सचिव सिद्धान्त भट्टले त्रिविको शैक्षिक उन्नयन र प्रगतिका लागि ३५ बुँदे मागसहित करिब आठ दिनदेखि भिसी कार्यालय, कीर्तिपुरमा धर्ना बसिरहेको भन्दै सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण हुनुपर्ने धारणा राखे ।
अनेरास्ववियुले सामाजिक सञ्जालको दुरुपयोग गरी फेक समाचार सम्प्रेषण गर्ने, व्यक्तिको चरित्र हत्या गर्नेलाई कानुनी कारवाहीमा ल्याउन सरकारलाई अनुरोध समेत गरेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा