सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ पौष । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (USAID) सँगको सहकार्यमा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
साना तथा मझौला उद्यम (SME) र पर्यटन व्यवसायीहरूलाई लक्षित यस कार्यक्रमले डिजिटल भुक्तानी प्रणालीको महत्व र यसले व्यवसायिक वृद्धि तथा दिगोपनमा पुर्याउने योगदानबारे जानकारी प्रदान गर्यो।
कार्यक्रममा ८० भन्दा बढी उद्यमीहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले डिजिटल भुक्तानी प्रणाली, एनएमबि क्युआर लोनका फाइदाहरू, र व्यवसायिक वृद्धि तथा नवीन प्रविधिहरूको प्रयोगबारे प्रशिक्षण प्राप्त गरे।
एनएमबि बैंकले यस्ता कार्यक्रम अन्य प्रदेशहरूमा पनि सञ्चालन गर्दै उद्यमशीलतालाई प्रोत्साहन गर्ने योजना सार्वजनिक गरेको छ। बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम, र ११ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा