सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल बोसिया संघले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा बोसिया खेलकुद कार्यक्रम मनाएको छ । बिहीबार एक विशेष समारोहकाबीच उक्त कार्यक्रम मनाएको हो ।
कार्यक्रममा नेपाल बोसिया संघकी संस्थापक गोमादेवी पौडेलले पूर्ण र अति अशक्त भएका व्यक्तिहरुका लागि यो बोसिया खेल सञ्चालन गरिएको बताइन् । उनले जुन व्यक्तिहरु अरु खेल खेल्न सक्दैनन्, समाजमा रहेका हरेक व्यक्ति यो खेल खेल्न सक्ने भएकाले बोसिया खेलकुद आयोजना गरेको बताएकी हुन् ।
उनले भनिन्, ‘बोसिया सिपि मस्कुलर डिस्ट्रोपि सिबिअर इस्पाइनल, इस्पाइनल बेफिडा लगायतका पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुले खेल्ने खेल हो । जो व्यक्तिहरु अरु खेल खेल्न सक्दैनन्, समाजमा रहेका हरेक व्यक्ति यो खेल खेल्न सक्छन् बोसिया ।’
साथै, उनले बोसिया खेल ओछ्यानमा रहेर पनि खेल्न सकिने खेल भएको बताइन् । उनले केही गर्न नसक्ने व्यक्तिले समेत बोसिया खेल खेलेर मेडल जित्न सक्ने बताइन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा