सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ मंसिर । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन् । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको ४५औं बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
गौतमसँग बैंकिङ तथा बीमा क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव छ। उनले विभिन्न विकास बैंक र निर्जीवन बीमा कम्पनीहरूमा सीईओका रूपमा कार्यभार सम्हालेका छन्। त्रिभुवन विश्वविद्यालयबाट एमबीएस पूरा गरेका गौतमले वित्तीय क्षेत्रमा आफ्नो अनुभवलाई कुशलतापूर्वक उपयोग गर्दै आएका छन्।
कम्पनीले गौतमको कार्यानुभव र कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै उनलाई नेतृत्वको जिम्मेवारी सुम्पेको जनाएको छ। सीईओ नियुक्त भएपछि गौतमले कर्मचारीहरूको ‘टिम वर्क’लाई प्राथमिकतामा राख्दै कम्पनीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
गौतमको नेतृत्वमा कम्पनीले ग्राहक सन्तुष्टि र दक्ष जनशक्तिका माध्यमबाट थप प्रगति गर्ने अपेक्षा लिएको छ। यस नियुक्तिसँगै युनाइटेड अजोड इन्स्योरेन्सले आफ्नो व्यवसायिक रणनीतिलाई थप प्रभावकारी बनाउँदै प्रतिस्पर्धात्मक बजारमा बलियो उपस्थिति कायम गर्ने योजना बनाएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा