सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ मंसिर । कुमारी बैंक लिमिटेडले युपिआई (युनियनपे इन्टरनेशनल)का कार्डहरूसँग समन्वय गर्दै आफ्ना एटीएम र पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा ती कार्ड स्वीकार गर्न सुरु गरेको छ। यो निर्णयले बैंकिङ्ग क्षेत्रलाई थप प्रविधिमैत्री बनाउँदै ग्राहकहरूलाई आधुनिक, सुरक्षित र सहज डिजिटल भुक्तानीको अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।
अब युपिआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएमबाट रकम झिक्न र पीओएस टर्मिनलबाट खरिद भुक्तानी गर्न सहजता महसुस गर्नेछन्। बैंकले यो सुविधा व्यापार र ग्राहक दुवैका लागि लाभदायक हुने र डिजिटल नेपालको अभियानलाई सघाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेको छ।
डिजिटल वित्तीय प्रणालीलाई सशक्त बनाउने अभियान अन्तर्गत कुमारी बैंकले आगामी दिनहरूमा अझ सरल र उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। युपिआई कार्ड स्वीकृत गर्ने यो नयाँ कदम बैंकका ग्राहकहरूको सुविधामा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ।
२३ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशभरका ३०२ शाखा, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाईहरुमार्फत अत्याधुनिक सेवा दिँदै आएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा