सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप लाभान्वित गर्न स्वास्थ्य, होटल, तथा रेस्टुरेन्ट क्षेत्रका विभिन्न प्रतिष्ठानहरूसँग सहकार्य गरेको छ।
सम्झौतापश्चात, महालक्ष्मी विकास बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ता र मोबाइल बैंकिङ्ग सेवाको प्रयोग गर्ने ग्राहकले सम्झौतामा समावेश संस्थाबाट विभिन्न सेवामा विशेष छुट पाउनेछन्। बैंकका अनुसार, यो कदम ग्राहकहरूको वित्तीय लाभ मात्र नभई डिजिटल बैंकिङ्गको उपयोगलाई पनि प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाइएको हो।
उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः
बैंकले डिजिटल युगसँग कदम मिलाउँदै ग्राहकहरूका लागि आफ्ना सेवाहरू परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” नामक आधुनिक मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ। बैंकले उक्त एप्लिकेसनलाई थप सुरक्षित, सहज र अत्याधुनिक बनाएको छ।
यसका साथै, बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना शाखाहरू मार्फत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि संचालन गरिरहेको छ।
बैंकका एक वरिष्ठ अधिकृतका अनुसार, “यो सहकार्यबाट ग्राहकहरूले प्रत्यक्ष रूपमा सेवा सुविधाको अनुभव लिँदै डिजिटल बैंकिङ्गमा आफ्नो विश्वास बढाउन सक्नेछन्। हाम्रो उद्देश्य भनेकै ग्राहकलाई गुणस्तरीय, सुरक्षित र सहज वित्तीय सेवा उपलब्ध गराउनु हो।”
महालक्ष्मी विकास बैंकले ३० वर्षभन्दा लामो इतिहासमा आफ्नो सेवाको दायरा विस्तार गर्दै, ग्राहक हितका लागि लगातार नयाँ पहलहरू गर्दै आएको छ। यो सहकार्य त्यसैको एउटा हिस्सा हो।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा