सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौै । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुबीच मंगलबकार मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ ।
मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित फुटसलमा १८औं संघीय संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।
प्रतिनिधि सभाको टिमको नेतृत्व गरेका सभामुख देवराज घिमिरेलेले १८ औं संसद सेवा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको बताए ।
उनले सो खेल केवल खेल मात्र नभइ युवाहरुलाई खेलमा प्रोत्साहन गर्न मद्दत पुग्ने विश्वास व्यक्र गरे ।
उनले भने,संघीय संसद सेवा दिवस हो । स्थापना भएको १८ वर्ष पुगेको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरिरहेको छौं । त्यही कार्यक्रम अन्तर्गत आज फुटसल प्रतिनिधिसभा र राष्ट्रिय अर्को टिम भएर म्याच चलिरहेको छ । टिम क्याप्टेन प्रनिधिसभाको म छु र उता राष्ट्रिय सभाको अध्यक्ष हुनुहुुन्छ । यो खेल केवल खेल मात्र होइन यसले युवाहरुलाई खालमा प्रोत्साहन गर्छ ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा