सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दहालले महिनावारी फरक ठाउँमा फरक नामाकारण भएको बताएकी छन् ।
छैठौं अन्र्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उनले कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरी सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन् , ‘महिनावारी फरक ठाउँमा फरक नामाकारणका रुपमा स्थापित छ । कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गरिएको छ । हाम्रो देशभित्र विभिन्न जाती, समुदाय जुनजुन ठाउँमा जसरी बसोबास छ त्यसरी नै हामीले अलग र फरक तरिकाले यसको सम्बोधन गर्नुपर्छ । ’
साथै उनले महिनावारी अशुद्दको प्रतिक भनेर छुट्याएकोमा दुख लागेको बताइन् । उनले ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्घ देविले जितेको भए पनि महिनावारी हुँदा देविकै मन्दिरमा जान नदिनु दुखःद कुरा भएको बताइन् ।
उनले भनिन्,‘ महिनावारी अशुद्दको प्रतिक भनेर छुट्याइनु दुखद् कुरा हो । ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्घ देविले जितेको भए पनि महिनावारी हुँदा देविकै मन्दिरमा जान नदिनु दुखःद विषय हो।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा