सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली, २१ मंसिर । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित श्री नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग, शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ।
एक विशेष कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्ती बलामी र प्रधानाध्यापक जंग बहादुर तारामीलाई यी सामग्री हस्तान्तरण गरे।
कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा, प्रमूख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्याल, सुदूर पश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारीलगायत अन्य पदाधिकारी, शिक्षकहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको पनि उपस्थिति थियो।
बैंकले शिक्षा, स्वास्थ्य, र सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएको छ। यसै सन्दर्भमा विद्यालयका विद्यार्थीहरूको पठनपाठन सहज बनाउन सामग्री वितरण गरिएको बताइएको छ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम तथा १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा