सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ मंसिर । कुमारी बैंकले युएसएडसँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास र प्रवद्र्धनका लागि निरन्तर रूपमा सञ्चालन गर्दै आएको उद्यमी प्रशिक्षण अभियान अन्तर्गत कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा आयोजित यस कार्यक्रममा महिला उद्यमीलाई वित्तीय ज्ञान, सिप, मनोवृद्धि र व्यवहार विकासका माध्यमबाट उद्यमशिलताको प्रवद्र्धन गर्नका लागि प्रशिक्षण दिइयो। कुमारी बैंकले यस अभियानमा वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनय सहितका सन्देशमुलक भिडियो र सचेतनामूलक सन्देशहरू तयार गरी सार्वजनिक गर्दै आएको छ।
कुमारी बैंकको विश्वास छ कि केवल वित्तीय शिक्षा र व्यवहारिक सिपको माध्यमबाट उद्यमशिलताको वास्तविक विकास सम्भव छ। यस अभियानले स्थानीय निकायका उद्यमी सोचहरूको प्रवद्र्धन र आर्थिक समृद्धि ल्याउन सहयोग पुर्याउने उद्देश्य राखेको बैंकले जनाएको छ।
२३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरूको माध्यमबाट उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ। बैंकले भविष्यमा अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा