सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीले बेलायतको ब्राइटन विश्वविद्यालयबाट आधिकारिक विकास सहायता (ओडीए) अनुदान प्राप्त गर्नुभएको छ। उहाँले नेपालमा ‘गुल्पर टेक्नोलोजीको कार्यसम्पादन मूल्याङ्कन’ शिर्षकमा अनुसन्धान गर्ने उद्देश्यले उक्त अनुदान प्राप्त गर्नुभएको हो।
गुल्पर टेक्नोलोजी म्यानुअल सेप्टिक ट्याङ्की खाली गर्ने यन्त्र हो, जुन नेपालमा पहिलो पटक सर्लाहीको गुलरिया नगरपालिकामा २०२४ मा परीक्षण गरिएको थियो। यस प्रोजेक्टको उद्देश्य सरसफाई कर्मचारीहरूको स्वास्थ्य र सुरक्षामा सुधार ल्याउनु र खाली गरिएको फोहोरलाई प्रशोधन केन्द्रहरूमा पठाउने छ।
प्राध्यापक त्रिपाठीले २०२०–२१ मा गरिएको अध्ययनमा फेला पार्नु भएको तथ्यका अनुसार, प्रशोधन प्लान्टमा पठाइएको फोहोर केवल ८ प्रतिशत मात्र थियो, जबकि ९२ प्रतिशत फोहोर खाली स्थानमा राख्न वा निजी फोहोर व्यवस्थापनका हातमा दिन्थे। यस्ता अभ्यासहरूले वातावरणीय प्रदूषण र जलमुनि पानीको प्रदूषण निम्त्याउन सक्छ भन्ने उहाँको भनाइ छ।
नेपालमा लगभग ८५ प्रतिशत जनसंख्याले अनसाइट सरसफाइ प्रणाली प्रयोग गरिरहेको छ, र गुल्पर प्रविधिले सरसफाई क्षेत्रमा क्रान्ति ल्याउने अपेक्षा गरिएको छ। यस परियोजनाले समाजमा स्वच्छ वातावरण सिर्जना गर्ने, स्रोतको पुनःप्रयोग बढाउने र सरसफाई कर्मचारीहरूको स्वास्थ्यको सुरक्षा गर्ने लक्ष्य राखेको छ।
प्राध्यापक त्रिपाठीसँगै परियोजनामा ब्राइटन विश्वविद्यालयका प्राध्यापक जेम्स एब्डन, सह–प्राध्यापक डियोगो डा सिल्भा र नेपाल इन्जिनियरिङ कलेजका प्रा.डा. अरुण सत्याल र सहायक प्राध्यापक प्रकाश बस्याल जस्ता प्रमुख व्यक्तिहरू संलग्न छन्। यो आयोजना डिसेम्बर २०२४ देखि जुन २०२५ सम्म सञ्चालन हुने बताइएको छ।
यो परियोजना नेपालमा सरसफाई क्षेत्रमा नयाँ दिशा ल्याउने र वातावरणीय समस्याहरूको समाधानमा मद्दत पुर्याउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा