सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सबै हकहरु प्रदान गर्नुपर्ने बताएका छन् ।
बुधबार बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालले आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई उपभोग गर्नका लागि उनीहरु भित्र भएको सबै कुराको पहिचान गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सबै हकहरु प्रदान गर्नुपर्छ । यसमा हामीले अपाङ्गता भएका व्यक्तिहरुलाई उपभोग गर्नका लागि उनीहरुभित्र भएको सबै कुराको पहिचान गर्न आवश्यक छ । व्यक्तिहरुभित्र भएको सिप, क्षमताको आधारमा रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’
साथै, उनले पहिचानको कुरामा विशेष ध्यान दिनुपर्ने बताए । उनले अहिले हाम्रो समाजमा अंग विहिन भएका मान्छेलाई मात्र अपाङ्गता भन्ने भाष्य रहेकाले माथिदेखी तलसम्म हातखुट्टा सबै ठिक जस्तो देखिने व्यक्ति अपाङ्ग होइन भन्ने खालको सोच हटाउन आवश्यक रहेको बताए ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । विहीबार... विस्तृतमा