सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ मंसिर । नेपाल टेलिकमको रिचार्ज कार्ड आपूर्ति समस्या समाधान भएको छ । टेलिकमले केही दिनदेखि विभिन्न कारणहरूले गर्दा रिचार्ज कार्डहरूको आपूर्ति समयमा गर्न नसकेको जनाएको थियो । यस कारणले रिचार्ज कार्डहरूको बजारमा सहज उपलब्धता प्रभावित भएको थियो। यद्यपि, नेपाल टेलिकमले अब उक्त समस्या समाधान भई रिचार्ज कार्डहरू पुनः बजारमा सहज रूपमा उपलब्ध गराएको जनाएको छ।
नेपाल टेलिकमले यस घटनाका लागि ग्राहकहरूसँग क्षमा प्रकट गर्दै असुविधा भएकोमा दुःख व्यक्त गरेको छ। कम्पनीका अनुसार, रिचार्ज कार्डहरूको आपूर्ति समयमै नगरी पर्न गएको असुविधाबाट उनीहरूले जनताको विश्वास र सेवा तर्फ ध्यान पु¥याउने वचन दिएका छन्।
साथै, नेपाल टेलिकमले केही सञ्चार माध्यमहरूमा रिचार्ज कार्डको अभावको कारणले कम्पनीको राजस्वमा कमी आएको र व्यापार घाटा भएको सम्बन्धमा प्रकाशित भ्रामक समाचारहरूको खण्डन पनि गरेको छ। कम्पनीले स्पष्ट पारेको छ कि रिचार्ज कार्डको अभावका बाबजुद पनि ग्राहकहरूले अन्य विकल्पको रूपमा Mobile Point of Sale (MPOS), Namaste Pay, eSewa, Khalti, IMEPay जस्ता डिजिटल वालेटहरूको प्रयोग गरी प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्दै आएका छन्। यस कारण कम्पनीको व्यापार र राजस्वमा कुनै नकारात्मक असर नपरेको बताइएको छ।
नेपाल टेलिकमले आगामी दिनहरूमा ग्राहक सेवा सुधारका लागि थप प्रयास गर्ने र विश्वासको पुनर्निर्माण गर्ने प्रतिवद्धता जनाएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा