सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई हराएको छ । सोमबार भएको खेलमा चितवन राइनोले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको चितवन राइनोजले भने १७.१ ओभरमै केवल पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको हो ।
चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।
काठमान्डुका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन । त्यसअघि सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।
काठमाडौंका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए । स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए । ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।
बलिङमा चितवनका सोहेल तनवीरले सर्वाधिक ५ विकेट लिए । कप्तान कुशल मल्ल, रिजन ढकाल, ल्यूक मार्टिन बेनकेन्स्टाइन र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।आजै हुने अर्को खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच हुनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा