सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ मंसिर । साताको पहिलो कारोबारको दिन शेयर बजार झन्डै १० अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ९९ अङ्कले घटेर २ हजार ७३८ दशमलव शून्य ६ विन्दुमा झरेको छ ।
यसदिन३१४ वटा कम्पनीको १ करोड ६७ लाख कित्ता शेयर ८ अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एक्सेल विकास बैंकको ३४ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज विकास बैंक, होटल र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशत र नेपाल फाइनान्स कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन विशाल बजार, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, ग्रीन विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा