सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनका लागि चुनावी प्रचारप्रसारलाई तिव्रता दिइरहेको छ ।
बिहीबार बालाजुमा पुगेर रास्वपाका नेता तथा कार्यकर्ता काठमाडौं महानगरपालिका वडा नम्बर १६ वडाध्यक्ष पदकी उम्मेदवार रोजिना श्रेष्ठलाई जिताउन चुनावी प्रचार प्रसार गरिरहेका छन् ।
कार्यक्रममा रास्वपाका उपनेतामा विराजभक्त श्रेष्ठले हालको प्रचार प्रसार हेर्दा रास्वापाको जित देखिएको दाबी गरे ।
उनले आफ्नो उम्मेदवार महानगरले पहिलो पटक महिला प्राप्त गर्न लागेको भन्दै सबैले भोट गरेर साथ दिन अपिल गरे ।
उनले भने,‘आजको प्रचार प्रसार हेर्ने हो भने पनि बिहानीले दिन देखाउँछ जस्तो छ । तडक भडक हाम्रो केही छैन् । काठमाडौं महानगरपालिकाले महिला नेतृ पाउँदै छ । यहाँको समस्या र सम्भावना बुझेको उम्मेदवार अगाडी सारेको छौं । यो काठमाडौंको मुटुमा रहेको वडा हो । यहाँ कसरी काम गर्नुपर्छ उहाँले राम्रोसँग बुझनु भएको छ । त्यसैले परिवर्तनलाई साथ दिनुहोला ।’
आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको चुनावी प्रचार अन्तिम चरणमा पुगेको छ । निर्वाचन प्रचारको समय बिहीबार मध्यराति १२ बजेसम्म मात्रै छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा