सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ मंसिर । साताको अन्तिम कारोबारको दिन शेयर बजार सामान्य घटेको छ । हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज बिहिबार ८ दशमलव ३० अङ्कले घटेर २ हजार ७४८ दशमलव ०५ विन्दुमा झरेको छ ।
यसदिन ३०७ वटा कम्पनीका १ करोड ६६ लाख कित्ता शेयर ८ अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एक्शल डेभलपमेन्ट बैंकको ३१ करोड भन्दा धेरैको शेयर किनबेच भयो ।
आज विकास बैंक, जीवन बीमा र लगानी बाहेक सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन मानुषी लघुवित्त कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन विशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा