सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० मंसिर । साताको पहिलो दिन हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार १५ दशमलव ८३ अङ्कले बढेर २ हजार ६८३ दशमलव २४ विन्दुमा पुगेको छ ।
यसदिन ३०९ वटा कम्पनीका १ करोड २२ लाख कित्ता शेयर ६ अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर ५४ करोडको शेयर किनबेच भयो ।
आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
यसदिन बेस्ट फाइनान्स, सुपर मादी हाइड्रोपावर, कर्पोरेट विकास बैंक, स्वाभिमान लघुवित्त र सप्तकोशी विकास बैंकको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन ङादी ग्रुप पावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा