सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियानमा सदस्यता वितरण, संगठन निर्माण सँगसँगै पार्टीको सैद्धान्तिक एवं वैचारिक अवधारणालाई महत्वका साथ पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक एवं जनतामाझ प्रस्तुत कार्यलाई अगाडि बढाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो ।
बैठकले पार्टीको चारमहिने संगठन निर्माण अभियानअन्तर्गत संगठन निर्माण अभियानको समीक्षा गर्दै अभियानको सुरुवात उपलब्धीपूर्ण हुँदै गएको र अभियानलाई अझ बढी गतिशील र उपलब्धीपूर्ण बनाउन सम्पूर्ण अभियन्ताहरुले कार्यक्षेत्रमा रहेर क्रियाशिल भई लाग्नुपर्ने निष्कर्ष निकालेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
पार्टीका महासचिव लालबाबु राउले बैठकको निर्णय कार्यान्वयनका लागि पार्टीको मातहत समितिलाई आइतबार परिपत्र जारी गरेका छन् ।
साथै स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले उम्मेदवारी दिएका क्षेत्रमा पार्टीलाई जिताउन सम्बन्धित क्षेत्रका नेता कार्यकर्ताहरुलाई सक्रियताका साथ परिचालित हुन आग्रह गरिएको प्रमुख बस्नेतले बताएका छन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा